यी हुन् नेपाली जनसम्पर्क समिति, जापानको सातौँ महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू

nepaltext.com

टोकियो, जापान l नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति, जापानको सातौँ महाधिवेशन सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। उक्त महाधिवेशनले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू समेत चयन गरेको छ।

निर्वाचित प्रतिनिधिहरूको सूची: 

  • राजेन्द्र जमरकट्टेल – सभापति

  • नारायण सुवेदी – महाधिवेशन प्रतिनिधि

  • डा. बलराम श्रेष्ठ – महाधिवेशन प्रतिनिधि

  • दण्डपानी कँडेल (डीपी) – महाधिवेशन प्रतिनिधि

  • लालबहादुर केसी (रोशन) – महाधिवेशन प्रतिनिधि

  • पदमपानी चापागाईं (पिताम्बर) – महाधिवेशन प्रतिनिधि

  • रामकृष्ण बम मल्ल – महाधिवेशन प्रतिनिधि

  • भुपी गोविन्द श्रेष्ठ – महाधिवेशन प्रतिनिधि

  • नवराज थापा – महाधिवेशन प्रतिनिधि

  • पेम्बा लामा – महाधिवेशन प्रतिनिधि

  • रामजंग कार्की – महाधिवेशन प्रतिनिधि

  • रेशम डंगोल – महाधिवेशन प्रतिनिधि

  • सावित्रा लामा लोप्चन – महाधिवेशन प्रतिनिधि

  • शम्भु केसी – महाधिवेशन प्रतिनिधि

नवनिर्वाचित प्रतिनिधिहरूले जापानमा रहेका नेपालीहरूको संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। साथै, प्रवासमा रहेका नेपालीहरूका साझा समस्या र मुद्दाहरूलाई जोडदार रूपमा उठाउने उनीहरूको लक्ष्य रहेको छ। लामो समयको अन्तरालपछि एकताको सन्देशसहित सम्पन्न भएको यो महाधिवेशनले जापानमा संगठनको नयाँ र ऊर्जावान् अध्यायको सुरुवात गरेको विश्वास लिइएको छ।

प्रतिक्रिया