सम्पत्ति शुद्धीकरण नियम तोड्ने तीन ब्रोकरलाई १ करोड १० लाखको जरिवाना

nepaltext

काठमाडौँ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन धितोपत्र दलाल (ब्रोकर) कम्पनीमाथि कारबाही गरेको छ।

बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ उपदफा (१) को खण्ड (ख) बमोजिम तीन कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार कारबाहीमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज परेका छन्। निर्णयअनुसार सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख रुपैयाँ तथा हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको छ।

बोर्डले यी कम्पनीहरूले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी दायित्व पालना नगरेको ठहर गर्दै उक्त कारबाही गरेको जनाएको छ।

प्रतिक्रिया