कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, गगन थापाको नेतृत्वमा चुनावी रणनीति छलफल

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बस्दैछ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बिहीबार जारी गरिएको विज्ञप्तिमार्फत पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ । आजको बैठकमा कांग्रेस सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टी कसरी जाने भन्ने रणनीतिमाथि विस्तृत छलफल हुने बताइएको छ । दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाको नेतृत्वमा कांग्रेसलाई चुनावी मैदानमा कसरी सशक्त बनाउने भन्ने विषय आजको बैठकको मुख्य एजेन्डा रहने जनाइएको छ ।

प्रतिक्रिया