जगदीश खरेल सूचना तथा सञ्चार मन्त्री बन्ने

nepaltext.com

काठमाडौँ । पत्रकार जगदीश खरेल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्ने भएका छन्।

चुनावी तयारीका लागि गठन भएको सरकारलाई पूर्णता दिन प्रधानमन्त्री कार्कीले मन्त्रीहरूको नियुक्ति प्रक्रियामा लागिरहेकी छिन्। स्रोतका अनुसार, खरेललाई मन्त्रालयको जिम्मेवारी दिन पक्का निर्णय भइसकेको छ।

हाल इमेज खबरका प्रधान सम्पादक रहेका खरेलले सूचना तथा सञ्चार क्षेत्रमा मन्त्रीको भूमिका सम्हाल्नेछन्। कार्कीले यसअघि सञ्चार मन्त्री बन्नका लागि अन्य प्रतिष्ठित पत्रकारहरूलाई पनि प्रस्ताव राखेकी थिइन्, तर उनीहरूले अस्वीकार गरेका थिए।

प्रतिक्रिया