निर्मल पुर्जासहित ३ आरोहीको शव सफलतापूर्वक आधार शिविर ल्याइयो

nepaltext
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव आधार शिविरमा ल्याइएको छ।

प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाका अनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविरमा ल्याइएको हो।

उनका अनुसार शव संकलन कार्य मिङ्मा जीको नेतृत्वमा सम्पन्न भएको थियो। कठिन परिस्थितिमा उद्धार तथा शव संकलनमा खटिएको टोलीप्रति उनले आभार व्यक्त गरेका छन्।

शेर्पाले अझै तीन आरोहीको शव फेला पर्न बाँकी रहेको जानकारी पनि दिएका छन्।

गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया