काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको हो। यससँगै प्रतितोला छापावाल सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले वृद्धि भई आज तोलाको ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
२९ माघ २०८२, बुधबार १२:४८ मा प्रकाशित