विशेष महाधिवेशनमा सभापतिका लागि थापामात्रै उम्मेदवार

nepaltext.com

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिमा मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समिति स्रोतका अनुसार सभापति पदका लागि हालसम्म थापाको मात्रै उम्मेदवारी परेको छ भने अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ । सहमतिका प्रयासस्वरूप बुधबार बिहान सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माबीच वार्ता भए पनि सहमति जुट्न सकेन । वार्ता असफल भएपछि दुवै महामन्त्री अहिले कानुनविद्हरूसँग परामर्शमा रहेको बताइएको छ । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकिएको छ र दिउँसो १ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने छ ।

प्रतिक्रिया