काठमाडौंको गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरमा प्रहरीले छापा मार्दा ३ करोड ५० लाख रुपैयाँ नगद बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार घरभित्र ठूलो मात्रामा स्रोत नखुलेका सुनचाँदीका गरगहना पनि फेला परेका छन्।
प्रहरीले बरामद गरिएका नगद र गरगहना भन्सार छली भित्र्याइएका वस्तुको भण्डारण तथा त्यसकै बिक्रीबाट संकलित रकम हुनसक्ने अनुमान गरेको छ। हालसम्म ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति तथा संलग्न कारोबारीको पहिचान नखुलेको र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
१७ भदौ २०८२, मङ्गलबार ०५:०७ मा प्रकाशित