कुलमानलाई हर्क साम्पाङको छड्केः नेतृत्व प्रष्ट हुनुपर्छ, दोहोरो चरित्रले खतरापूर्ण हुन्छ

nepaltext.com

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो बाटोमा बाधा पुर्‍याउने व्यक्ति भएको आरोप लगाएका छन्। भर्खरै श्रम संस्कृति पार्टी खोलेका साम्पाङले काठमाडौंमा आयोजित आमसभामा घिसिङलाई ‘बत्ती बाल्ने एक जना सर’ भन्दै दोहोरो चरित्रको व्यक्ति भएको टिप्पणी गरे। उनले स्पष्ट पारे, आफ्नो आलोचना जाति वा समूहप्रति नभई व्यक्ति विशेषप्रति मात्र रहेको हो। साम्पाङले भने, “यस्तो दोहोरो चरित्रले नेतृत्व गर्दैन। नेतृत्व प्रष्ट हुन्छ। रहस्यमय मान्छेहरु, दोहोरो चरित्रका मान्छे खतरनाक हुन्छन्।” उनले आफूले नयाँ मान्छेसँग काम गर्न खोज्दा कहिलेकाहीँ आलोचना गर्नु पर्ने अवस्था आएको बताए।

प्रतिक्रिया