कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा डिम प्रसाद पौडेल

nepaltext.com


काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल चयन भएका छन्।

अर्थ मन्त्रालयले उनलाई सञ्चालकमा नियुक्त गरेपछि बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। मन्त्रालयका अनुसार व्यवस्थापकीय दक्षता र अनुभवका आधारमा पौडेललाई बैंकमा पठाइएको हो।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक रहेका पौडेलले निजी क्षेत्रका विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा नेतृत्वको अनुभवसमेत हासिल गरेका छन्।

प्रतिक्रिया