विशेष महाधिवेशन विरोधपछि कोइराला नयाँ नेतृत्व स्वीकार, आफ्नो समूहका लागि ३ क्षेत्र सुरक्षित गरे

nepaltext.com

 ६ माघ, विराटनगरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ नेतृत्वसँगै आफ्नो भाग अनुसारका टिकट पाएका छन्। विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई मान्यता दिएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या पाएर उम्मेदवारी दिएका हुन्। १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टीभित्र प्रतिपक्षी धाराको नेतृत्व गर्दै आएका थिए। विशेष महाधिवेशन सुरु हुँदा उनी देउवासँगै विरोधमा उभिएका थिए, तर निर्वाचन आयोगले नयाँ नेतृत्वलाई मान्यता दिएपछि उनले नेतृत्व स्वीकार गरेर निर्वाचनमा होमिएका हुन्। मोरङमा ६ वटा क्षेत्र मध्ये उनकाे समूहले ३ वटा क्षेत्रमा उम्मेदवारी पाएको छ, जसमा आफ्नो उम्मेदवारी पनि समावेश छ। सुनसरी, झापा, इलाम, भोजपुर, उदयपुर लगायतका अन्य क्षेत्रमा पनि उनकाे समूहका उम्मेदवार छन्। क्षेत्र नम्बर ३ मा गगन थापाले दिएको टिकट विवादपछि कोइरालाले समूहका विजयकुमार गच्छदारलाई टिकट सुनिश्चित गराएका थिए। उनले उम्मेदवारी दर्ता क्रममा पार्टीलाई एकजुट बनाउन सहकार्य आवश्यक रहेको बताए र आगामी नियमित महाधिवेशन बैशाखमा हुने जानकारी दिए। कोशी प्रदेशका अन्य २८ वटा निर्वाचन क्षेत्रमा देउवा र कृष्ण प्रसाद सिटौला समूहले पनि भागवण्डा गरेका छन्।

प्रतिक्रिया