१६ पुस, जनकपुरधाम — मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुने तयारीमा छ। गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले सत्ता समीकरणलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। स्रोतका अनुसार यसपटकको विस्तारमा मुख्यमन्त्री यादवको आफ्नै दल नेपाली कांग्रेससँगै जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीलगायतका दलहरूलाई समेटिनेछ।
आजै सम्बन्धित दलबाट मन्त्री नियुक्त गरी सपथ गराउने तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरिसकेको छ। प्रदेश सरकारलाई कार्यक्षमताका साथ अघि बढाउन तथा राजनीतिक सन्तुलन कायम राख्न यो विस्तार महत्वपूर्ण मानिएको छ।
१६ पुस २०८२, बुधबार ११:४२ मा प्रकाशित