काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ।
महामन्त्री गगन थापाले हाल जारी केन्द्रीय समिति बैठकमा मंसिर अन्त्यमा महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका हुन्।
जेनेरेशन–जेड आन्दोलनपछि पार्टीभित्र सुरु भएको पुनर्गठन र नेतृत्व परिवर्तनको बहसलाई ध्यानमा राख्दै थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्तुत गरेका हुन्।
यसबीच, सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
३१ असोज २०८२, शुक्रबार ०५:१६ मा प्रकाशित