काठमाडौं । नेपाल प्रिमियर लिग २ अन्तर्गत आज कीर्तिपुर क्रिकेट मैदानमा दुईवटा म्याच हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने भइरहेका छन्, जहाँ विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। लगातार दुई म्याचमा जित हासिल गरिसकेको विराटनगर आत्मविश्वासका साथ मैदान उत्रिएको छ। अर्कोतर्फ साविक विजेता जनकपुरले भने दोस्रो खेल खेल्दै पहिलो जितको खोजी गरिरहेको छ। उद्घाटन म्याचमै हार व्यहोरेको जनकपुर आजको खेलमार्फत लयमा फर्किने प्रयासमा छ।
९ मङ्सिर २०८२, सोमबार ११:५३ मा प्रकाशित