ओलीकै नेतृत्वमा महाधिवेशन, पूर्वघोषणा गरेर पद छाड्ने यागेश भट्टराईको प्रस्ताव

nepaltext.com

३१ असोज, काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ शीर्षकको प्रस्ताव पेश गरेका छन्।

उनले जेनेरेशन–जेड आन्दोलन, वर्तमान राजनीतिक परिस्थिति, पार्टी नेतृत्व, र आगामी महाधिवेशन लगायतका विषय समेट्दै १६ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका हुन्।

भट्टराईले पार्टीको हालको अवस्थाको विश्लेषण गर्दै अध्यक्ष केपी शर्मा ओलीले सहज रूपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिएका छन्। उनले यसका लागि दुई वैकल्पिक मार्ग प्रस्ताव गरेका छन्।

पहिलो, वरिष्ठतम् नेतालाई कार्यबाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व चयन गर्ने।
दोस्रो, ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गरी सोही महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने।

भट्टराईले भनेका छन्, “यसमध्ये कुन विकल्पमा जाने भन्ने निर्णय अध्यक्ष कमरेडको अन्तरआत्माले गर्नेछ।”

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय सच्याउनुपर्ने सुझाव पनि प्रस्तुत गरेका छन्।

प्रतिक्रिया