मेरो साथीहरूले प्रचण्डलाई घेरिसके, ‘माओवादी पार्टी सिध्याइदिए’: एमाले अध्यक्ष ओली

nepaltext.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई घेरिसकेको टिप्पणी गरेका छन्। ओलीका अनुसार ११ वाम घटक मिलाएर प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन्, जसमा छैटौं वरीयतासम्म पनि उनका आफ्ना साथीहरू रहेको उनले बताए।

एमाले स्थानीय विभागले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, “एमाले देशका लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन। एकताका नाममा नचाहिने काम गर्ने अहंकारले भरिएका मानिसहरू थुपारेर अब देख्छन् प्रचण्डले। एक ढंगले भन्ने हो भने म एकदम खुसी छु। दोस्रो, तेस्रो, चौथो र छैटौं नम्बर मेरै साथी। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्। मेरा साथीले त प्रचण्डलाई घेरिसके।”

ओलीले आफ्ना साथीहरूले माओवादी पार्टी नै विघटन गराइसकेको पनि उल्लेख गर्दै भने, “मेरा साथीहरूले काम गरेका छन् माओवादी पार्टी सिध्याइदिए। अब विप्लवजीहरूले माओवादी बनाउनुभएको छ। अब माओवादी भनेको विप्लवजीको पार्टी भयो प्रचण्डजीहरू माओवादी होइन, हाम्रो साथीहरूले गरेकै छन् अझै गर्छन्।”

प्रतिक्रिया