काठमाडौं, २९ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सार्वजनिक गरेका अनुसार आज साँझ ९ बजे मतदान हुने तय भएको छ । कार्यतालिकामा उल्लेख छ कि मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशित गरिनेछ भने सो सूचीमाथि दाबी वा विरोधका लागि छलफल साढे १ बजेसम्म हुनेछ । दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारहरूको अन्तिम सूची साँझ पौने ९ बजे सार्वजनिक गरिनेछ ।
पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरिएको थियो भने मंगलबार बिहान सीताराम केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएकाले यो प्रक्रिया पार्टीको भावी नेतृत्व र संगठनात्मक ढाँचामा निर्णायक भूमिका खेल्ने चरणका रूपमा हेरिएको छ ।