कांग्रेस सभापति गगन थापाले लिए पदभार, आजै केन्द्रीय समिति बैठक

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् । सभापतिमा निर्वाचित भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर उनले औपचारिक रूपमा पदबहाली गरेका हुन् । पदभार ग्रहण गरेलगत्तै सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ, जसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिने तयारी गरेको छ ।

सानेपा पुग्दा थापालाई स्वागत गर्न उपस्थित कार्यकर्ताहरूले ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित उत्साहपूर्ण स्वागत गरेका थिए, जसले पार्टीभित्र उनको नेतृत्वप्रति देखिएको भरोसा र चुनावी माहोलको संकेत गरेको छ ।

प्रतिक्रिया