काठमाडौं । चर्चित भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ सांगीतिक प्रस्तुतिका लागि शुक्रबार काठमाडौं आइपुगेका छन् । ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्। शान यसअघि सन् २०११ मा नेपाल आएका थिए ।
सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि लोकप्रिय बनाएको थियो।
नेपाली शब्द र आकर्षक धुनका कारण उक्त गीत नेपालमा लामो समयदेखि चर्चित छ र शनिबार हुने कार्यक्रममा उनले आफ्ना करिब ४० चर्चित गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
५ भदौ २०८३, शुक्रबार ०८:५९ मा प्रकाशित