पहिलो महिनामै चार गुणाभन्दा बढी ईभी भित्रियो, साढे १ अर्ब बढीको आयात

nepaltext

काठमाडौँ ।  चालू आर्थिक वर्ष २०८३/८४ पहिलो महिनामा ६८९ युनिट विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्।

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको साउनको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो।  

एक महिनामा १ अर्ब ६१ करोड ५४ लाख ९७ हजार रुपैयाँको विद्युतीय सवारी भित्रिएको हो। जसबाट १ अर्ब ६ करोड १६ लाख ८४ हजार रुपैयाँ सरकारी राजस्व संकलन भएको छ। 

 

यस अवधिमा तीन मुलुकबाट विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ। चीन, भारत र अमेरिकाबाट विद्युतीय सवार िसाधन नेपाल आएको विभागको तथ्यांकमा देखिन्छ। 

चीनबाट १ अर्ब २३ करोड ६१ लाख २८ हजार रुपैयाँ बराबरको ४८९ युनिट विद्युतीय सवारी साधन आएको छ। भारतबाट ३७ करोड ५४ लाख ३९ हजार रुपैयाँ बराबरको १९९ युनिट र अमेरिकाबाट ३९ लाख ३० हजार रुपैयाँ बराबरको १ युनिट ईभी आएको छ। 

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा ४१ करोड ८८ लाख ४० हजार रुपैयाँ बराबरको १६० युनिट विद्युतीय सवारी साधन भित्रिएको थियो। 
गत आवको सोही अवधिको तुलनामा ४ गुणाभन्दा बढी अर्थात ५२९ युनिट विद्युतीय सवारी नेपाल आएको हो। 

प्रतिक्रिया