जनकपुरधाम । सुनसरी घटनापछि धनुषामा उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ।
जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बोलाइएको बैठकमा प्रतिनिधिसभा सदस्य, मधेश प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख, जिल्लाका सुरक्षा अधिकारी, विभिन्न धार्मिक गुरु, हिन्दू तथा मुस्लिम समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरू सहभागी छन्।
सुनसरी घटनाको विरोधमा भएको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो। प्रशासनले शुक्रबार बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि कर्फ्यु आंशिक रूपमा खुकुलो बनाएको छ।
बैठकबाट जिल्लाको वर्तमान अवस्था, शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न आवश्यक कदमबारे छलफल भइरहेको जनाइएको छ।