काठमाडौं, ४ भदौ । दोलखाका शिक्षासेवी एवं राजनीतिज्ञ स्व. नन्दप्रसाद शिवाकोटीको १११ औं जन्मजयन्ती एवं स्मारिका विमोचन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
नन्दप्रसाद/जानुका फाउण्डेशनले आयोजना गरेको पुस्तक बिमोचन तथा सम्मान समारोहमा कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक कांग्रेस नेताहरु जिपछिरिङ लामा, प्रतिमा गौतम , नानू बास्तोला एमाले नेता बालकृष्ण शिवाकोटी लगाएतका नेताहरुले समाजमा स्व. नन्दप्रसादको भुमिका विर्सननहुनेमा जोड दिएका दिए ।
फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै २०२८ सालमा दोलखाको क्षमावती माविमा अध्यापन गरेका तत्कालीन प्रधानाध्यापक एवं तत्कालीन रुसका लागि नेपाली राजदुत मिलन तुलाधरलाई नगद सहित सम्मान गरिएको छ । हेर्नुहोस थप तस्बिर ।