महासचिव नपाए केन्द्रीय सदस्य मात्रै हुने ज्ञवालीको अडान

nepaltext.com

काठमाण्डू, २९ मंसिर । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने अडान कायमै राखेका छन् । यद्यपि उनले हालसम्म उम्मेदवारी फारम भने लिएका छैनन् । अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिव पदमा शंकर पोखरेललाई अघि सार्ने तयारी भइरहेका बेला ज्ञवाली पनि उक्त पदका प्रमुख दाबेदारका रूपमा देखिएका छन् ।

महासचिव पदमा उम्मेदवारी दिन नपाए आफू केन्द्रीय सदस्यमा मात्रै सीमित हुने कुरा ज्ञवालीले आफ्ना निकटहरूसँग बताइसकेका छन् भने यही धारणा पार्टी नेतृत्वसमक्ष पनि राखेका छन् । ज्ञवालीको असन्तुष्टिपछि नेता विष्णु पौडेलले उनीसँग छलफल थालेका छन् । एमाले महाधिवेशन स्थल भृकुटीमण्डपमै उम्मेदवारी फारम लिने कक्ष नजिकै ज्ञवाली र पौडेलबीच कुराकानी भइरहेको छ ।

यसैबीच नेतृ नवीना लामाले प्रदीप ज्ञवालीलाई अपमान गरिएको बताएकी छन् । उनी भावुक हुँदै ज्ञवालीमाथि पार्टीभित्र अपमान भएको दाबी गरेकी हुन् ।

प्रतिक्रिया