राप्रपा कालिञ्चोकको अध्यक्षमा पाण्डव पाण्डे निर्वाचित

nepaltext.com

राष्ट्रिय प्रजातन्त्र पार्टी कालिञ्चोक गाउँपालिका दोलखाको अध्यक्षमा पाण्डव पाण्डे निर्वाचित भएका छन् । 

आइतबार लापिलाङमा सम्पन्न पालिका अबिधेशनले पाण्डवसिंह पाण्डेको अध्यक्षतामा १६ सदस्सीय कार्यसमिति निर्वाचीत गरेको हो । राप्रपा केन्द्रिय समितिका सहमाहामन्त्री विजयी खड्काले उद्घाटन गरेको अबिधेशनले नयाँ नेतृत्व चयन गरेको हो । अबिधेशन उद्घाटन गर्दै राप्रपा सहमहामन्त्री विजय खड्काले राप्रपा नै अवको निर्विकल्प शक्ति रहेको भन्दै राप्रपामा गोलबन्द हुन आह्वान गरेका छन् । अबिधेशनमा राप्रपा दोलखाका कार्यवाहक अध्यक्ष विष्णु श्रेष्ठ भीमेश्वर नगर समिति सभापति शिव केसी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । 

राप्रपा कालिञ्चोकका निवर्तमान अध्यक्ष भाष्कर पाण्डेको अध्यक्षतामा सम्पन्न अबिधेशनले कार्यसमितिका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरु छनोट गरेको थियो । नवनिर्वाचित अध्यक्ष पाण्डवसिंह पाण्डे यस अघि देखिनै राप्रपामा सकृय नेता हुन् । कालिञ्चोक २ बाबरे स्थायी घर भएका पाण्डे लामोसमयदेख जिल्ला सदरमुकाम चरिकोटमा बसेर पार्टी राजनीति तथा व्यवसायमा संलग्न थिए ।

प्रतिक्रिया