काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बस्ने गरी देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा उपस्थित हुन आह्वान गरेका हुन्।
बैठकमा महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिसम्बन्धी विषयहरू तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जानकारी गराइएको छ। कांग्रेसले यही पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पारेको छ। तर कार्यतालिका व्यवहारिक नभएको भन्दै नेताहरूले यसको कार्यान्वयन नहुने चिन्ता व्यक्त गरेका छन्। पुस १६ गते वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ।
निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन।