काठमाडौं । टी–२० विश्वकप अन्तर्गतको चौथो खेलमा अफगानिस्तान र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको हो, जसका आधारमा न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ। अफगानिस्तानका लागि गुलबदिन नइबले आक्रामक अर्धशतकीय पारी खेल्दै ३५ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६३ रन जोडे। उनलाई सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाएर साथ दिएका थिए। बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई विकेट लिँदा म्याट हेनरी, रचिन रविन्द्र र जेकोब डुफीले समान एक–एक विकेट हात पारे।
२६ माघ २०८२, आईतबार ०१:२५ मा प्रकाशित