राष्ट्रपति पौडेलद्वारा बोलाइएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री कार्की सहभागी

nepaltext.com

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि बोलाएका हुन् । सो छलफलमा प्रधानमन्त्री कार्कीको समेत सहभागिता रहने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बनेपछि सुशीला कार्कीको शीर्ष राजनीतिक नेताहरूसँग यो पहिलो भेट हुन लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन र मुलुकको वर्तमान परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया