काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको राष्ट्रियसभाको पहिलो बैठक केवल पाँच मिनेट बसेर स्थगित भएको छ । आजको बैठकमा शून्य समय, विशेष समय वा अन्य कुनै पनि कार्यसूची समावेश नगरिएकाले औपचारिक छलफल अघि बढ्न सकेन । सभामा दुई वटा शोक प्रस्ताव पारित गरिएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गर्ने घोषणा गरेका हुन् । यससँगै राष्ट्रियसभाको अर्को बैठक अब माघ ९ गते बस्ने जनाइएको छ ।
५ माघ २०८२, आईतबार ११:४६ मा प्रकाशित