काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्ने भएका छन्। नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आज साँझ भारत जाने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा प्रचण्डले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने तालिका रहेको छ।
नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्ने, उनीहरूबीच आपसी सम्बन्ध मजबुत बनाउने र सामाजिक–राजनीतिक चेतनाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम सम्पन्न भएपछि प्रचण्ड सोमबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ।
२० पुस २०८२, आईतबार १२:०६ मा प्रकाशित