दरबारमार्गको ब्ल्याक आउट डान्स बारमा आगलागी

nepaltext.com

काठमाडौं । दरबारमार्गमा सञ्चालित ब्ल्याक आउट डान्स बारमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा आइसकेको भए पनि क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो निभाउन बारुण यन्त्र कार्यालय काठमाडौंका चारवटा दमकल घटनास्थलमा परिचालन गरिएको थियो । प्रारम्भिक अनुमानअनुसार क्लबको किचनबाट आगो सल्किएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया