सुनको भाउ फेरि उकालो, मंगलबार प्रतितोला ९०० रुपैयाँले वृद्धि

nepaltext.com

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य एकै दिन ९ हजार ५०० रुपैयाँले बढेको थियो भने सोमबार थप ४ हजार १०० रुपैयाँले वृद्धि भएको थियो। सुनको मूल्य निरन्तर उकालो लागिरहँदा चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो।

प्रतिक्रिया