यूनाइटेड अजोडका सीईओ नारायण भट्टराईले दिए राजीनामा

nepaltext

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन्।

कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले भट्टराईको राजीनामा पुष्टि गर्दै सञ्चालक समितिले त्यसलाई स्वीकृत गरिसकेको जानकारी दिए।

२०८३ वैशाख १० गते सीईओमा नियुक्त भएका भट्टराईले छोटो कार्यकालमै पदबाट अलग हुने निर्णय गरेका हुन्।

भट्टराईको राजीनामापछि कम्पनी सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ।

प्रतिक्रिया