सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

nepaltext

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ सय ९५ रुपैयाँले घटेर ३ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया