आइजीपी नियुक्ति विवाद र राजीनामापछि विश्वराज पोखरेलको रास्वपा प्रवेश

nepaltext.com

काठमाडौं, नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। उनीसहितको पार्टी प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना भइरहेको छ।

पोखरेल आइजीपीका निर्विकल्प दाबेदार रहेका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोक्दै १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो। धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो।

पूर्व एआईजी पोखरेलले आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै सर्वोच्च अदालतसम्म गएका थिए, तर अदालतबाट उनको पक्षमा आदेश नआएपछि राजीनामा दिएर बाहिरिएका थिए। उनले आइजीपी बन्न आरजु देउवाको तर्फबाट केही मानिसले रकमको बार्गेनिङ गरेको समेत बताएका छन्।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा जन्मिएका पोखरेललाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग नाता जोडेर पनि तत्कालीन सरकारले पूर्वाग्रह गरेको आरोप छ। रास्वपा प्रवेशपछि उनी आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया