जेनजी आन्दोलनपछि आज पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओली

nepaltext.com

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका छन् । आइतबार दिउँसो १ बजे झम्सीखेलस्थित रामबाग महलमा सुरु हुने पार्टीको केन्द्रीय समिति बैठककै क्रममा अध्यक्ष ओलीले पत्रकारहरूसँग संवाद गर्ने कार्यक्रम तय गरिएको हो ।

भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन पछि ओलीले पहिलो पटक सञ्चारकर्मीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न लागेका हुन् । सो अवसरमा उनी पार्टीको ताजा राजनीतिक गतिविधि, आन्तरिक तयारी र आन्दोलनपछिको अवस्थाबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया