मुगुमा आज बिहान दुई पटक भूकम्पको धक्का

nepaltext

काठमाडौँ । मुगुको कलाई आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ः५१ बजे गएको थियो। उक्त भूकम्प ४.५ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ।

त्यसको केही घण्टापछि बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।

दुवै भूकम्पको धक्का मुगु तथा आसपासका क्षेत्रमा महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

यसअघि गत २६ गते बिहान ९ः०८ बजे जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया