काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई दिइएको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन्। नेविसंघ केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै खड्काले आफूलाई दिइएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष शेर्पा भारतको आइआइटी मुम्बईमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका नेविसंघका केन्द्रीय सदस्य खड्का उदयपुर जिल्लाका हुन्।
६ पुस २०८२, आईतबार ०१:१० मा प्रकाशित