खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

nepaltext

काठमाडौं ।प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन, मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न र स्वास्थ्य तथा सडक पूर्वाधार सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले ग्यास आपूर्ति, सामाजिक सुरक्षा, कृषि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विषय उठाएका हुन्।

सांसद इन्दिरा रानामगरले देशका विभिन्न स्थानमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल अन्त्य गर्दै सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।

त्यस्तै, सांसद प्रेमलाल चौधरीले इलाम प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए।

उनले इलामको मयुखोलामा स्थायी पुल निर्माण गरी आवतजावत र आपत्कालीन स्वास्थ्य सेवामा सहजता ल्याउन सरकारसँग माग गरे।

प्रतिक्रिया