दोलखा l हिमालय माध्यमिक विद्यालय खोपाचागुमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा विराज बहादुर खड्का निर्वाचित भएका छन्।
स्थानीय शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यस विद्यालयको स्थापना वि.सं. २०१८ सालमा तत्कालीन प्रधानपञ्च केदार बहादुर खड्काले आफ्नै जमिन दान गरी गरेका थिए। स्थापना पश्चात विद्यालयले शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ।
करिब ६४ वर्षपछि विद्यालय व्यवस्थापन समितिको नेतृत्व सम्हाल्ने जिम्मेवारी केदार बहादुर खड्काकै नाति विराज बहादुर खड्काले पाएकाे हाे। नवनिर्वाचित अध्यक्ष खड्काले देश तथा विदेशमा उच्च शिक्षा हासिल गरी गाउँको शैक्षिक विकासमा योगदान दिने उद्देश्यसहित जिम्मेवारी सम्हालेका हुन्।
स्थानीय स्तरमा शिक्षाप्रति समर्पित, ऊर्जाशील र शिक्षित युवा नेतृत्वको रूपमा चिनिएका खड्काको अध्यक्षतामा विद्यालयको समग्र शैक्षिक गुणस्तर थप उकासिने अपेक्षा गरिएको छ।
उनको सफल कार्यकालको कामना गर्दै स्थानीयवासी तथा सरोकारवालाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आम सञ्चार र पत्रकारितामा भारतको नयाँ दिल्ली स्थित सारदा विश्वविद्यालय बाट स्नातक गरेका खड्का त्यसलगत्तै अष्ट्रेलिया पुगेका थिय । अष्ट्रेलियाको झण्डै ८ वर्षको बसाइ पछि स्वदेशमै केही गर्नुपर्छ भनेर नेपाल फर्केका खड्का अहिले गृहगाउँ खोपाचागुमानै आधुनिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।