बागमती प्रदेशस्तरिय फुलकन्ट्याक्ट कराँतेमा गोलढुङ्गा र शाईनिङ स्कुलको दबदबा, निगम र विधालाई स्वर्ण

nepaltext.com

भक्तपुर । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा शिक्षा सदनको सह-आयोजकत्वमा सञ्चालित “प्रथम बागमती प्रदेशस्तरिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराँते प्रतियोगिता–२०८२” भव्यताका साथ सम्पन्न भएको छ।

गत फागुन २ र ३ गते दुई दिनसम्म चलेको उक्त प्रतियोगिताको समापन सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यमा भएको थियो। संघका केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठ (५औँ डान ब्लाक बेल्ट) को सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश भरिका १५ विद्यालयका जम्मा २२८ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ ५० केजीमा निगम तामाङ (बाणीविलास मावि), ४५ केजीमा प्रज्ञा पाण्डे (गोलढुङ्गा स्कुल), ४० केजीमा प्रतिक तामाङ (गोलढुङ्गा), ३५ केजीमा प्रदिप ठोकर (बाणीविलास), ३० केजीमा प्रयास तामाङ (गोलढुङ्गा) र २५ केजीमा सिमन गुरुङ (गोलढुङ्गा) ले स्वर्ण पदक जितेका छन्।

त्यस्तै, महिलातर्फ ५० केजीमा विधा तामाङ (शाईनिङ स्कुल), ४५ केजीमा सन्तोषी शिवाकोटी (आशा शिक्षा सदन), ४० केजीमा आकृति पौडेल (शान्तिदिप स्कुल), ३५ केजीमा स्नेहा श्रेष्ठ (शाईनिङ), ३० केजीमा युनिशा तामाङ (शाईनिङ) र २५ केजीमा जेसी रुम्बा (ओम स्कुल) ले स्वर्ण पदक हासिल गरे। प्रतियोगितामा शाईनिङ स्कुलकी श्रेया सुलु र काभ्रे सेकेण्डरीकी आरुशी फुयाल 'बेस्ट फाईटर' घोषित भए।

कार्यक्रमका प्रमुख अतिथि मेयर बासुदेव थापाले खेलकुदले विद्यार्थीको अनुशासन र शारीरिक विकासमा ठूलो टेवा पुर्‍याउने बताउनुभयो। विजयी खेलाडीहरूलाई सिहान अशोक कुमार श्रेष्ठ र आशा फर चिल्ड्रेनकी अध्यक्ष सुश्मा बज्राचार्यले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर खेलकुद सदस्य सचिव दिपक थापा, डा. स्वयम प्रकाश श्रेष्ठ, विन्दुसागर शाक्य, कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो। आशा शिक्षा सदनकी सहायक प्रिन्सिपल सृजना तामाङले स्वागत मन्तव्य राख्नुभएको उक्त प्रतियोगितामा मुख्य जुरीको भूमिका सिहान अशोक कुमार श्रेष्ठले निभाउनुभएको थियो।

पदक तालिका (छोटकरीमा):

विधास्वर्ण पदक विजेता (पुरुष)स्वर्ण पदक विजेता (महिला)
५० केजीनिगम तामाङ (बाणीविलास)विधा तामाङ (शाईनिङ)
४५ केजीप्रज्ञा पाण्डे (गोलढुङ्गा)सन्तोषी शिवाकोटी (आशा शिक्षा)
४० केजीप्रतिक तामाङ (गोलढुङ्गा)आकृति पौडेल (शान्तिदिप)
३५ केजीप्रदिप ठोकर (बाणीविलास)स्नेहा श्रेष्ठ (शाईनिङ)
३० केजीप्रयास तामाङ (गोलढुङ्गा)युनिशा तामाङ (शाईनिङ)
२५ केजीसिमन गुरुङ (गोलढुङ्गा)जेसी रुम्बा (ओम स्कुल)

प्रतिक्रिया