१६ पुस, पोखरा l पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा आइपुगेका छन्। जिल्ला अदालत कास्कीमा तारिखका लागि उपस्थित हुन उनी पोखरा आएका हुन्। उक्त प्रकरणमा यसअघि धरौटीमा छुटेका रवि अन्य प्रतिवादीसँग तारिख मिलाउन अदालतमा हाजिर भएको बताइएको छ। अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार, ‘सूर्दर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रविजी अदालतमा तारिखका निम्ति आउनुभएको छ,’ र उनले थपे, ‘अबदेखि सबै प्रतिवादीको एकै मितिमा तारिख हुन्छ ।’
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए भने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। सोही प्रकरणसँग सम्बन्धित कानुनी प्रक्रिया अन्तर्गत तारिख व्यवस्थापनका लागि उनी आज अदालतमा उपस्थित भएका हुन्।