ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

nepaltext

काठमाडौँ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने गरी दुईबुँदे सहमति भएको छ । सहमतिअनुसार नेकपा मसाल सरकारमा सहभागी हुने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधबार दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ । लुम्बिनी प्रदेशमा मसाल निकट राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धको आन्दोलनमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

यसअघि एमाले र नेकपाबीच गत साउन ९ गते प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार विभिन्न प्रदेशमा सरकार पुनर्गठन तथा सत्ता समीकरण परिवर्तनको प्रयास भइरहेको छ ।

768829702_1667075157729837_3372864787818045843_n_OzrbFqmhGq-1786525486.jpg

प्रतिक्रिया