काठमाडौँ । भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते (अगस्ट १६) पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।
गत जुन ३० मा भारतीय स्थल सेनाको नेतृत्व सम्हालेका जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सैनिक सम्बन्धको निरन्तरतास्वरूप दुवै देशका सेना प्रमुखलाई एक–अर्काको सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।
यो परम्परा सन् १९५० देखि कायम छ, जसअनुसार नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिन्छ।
२१ साउन २०८३, बिहिबार ०१:१७ मा प्रकाशित