काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ मा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ मा किनबेच भएको थियो।
२१ साउन २०८३, बिहिबार ११:३५ मा प्रकाशित