राजेन्द्र लिङ्देनले दिए झापा–३ बाट उम्मेदवारी

श्याम खतिवडा

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी फागुन २१ गते हुने निर्वाचनमा झापा–३ बाट उम्मेदवार बन्नुभएको हो । लिङ्देन विगत निर्वाचनमा पनि सोही क्षेत्रमा निर्वाचित भएका थिए भने निर्वाचन दर्तापछि उनले देशलाई बचाउन र निर्माण गर्न आफूलाई जिताउन सबैसँग आह्वान गरेका छन् । यससँगै झापाको चुनावी मैदानमा लिङ्देनको उपस्थितिले राजनीतिक तापक्रम थप बढेको छ ।

प्रतिक्रिया