पार्टीभित्रको आन्तरिक संकटबीच कांग्रेसले बोलायो उच्चस्तरीय बैठक

nepaltext.com

नेपाली कांग्रेसले पार्टीभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद र बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने उक्त बैठकमा पछिल्लो समय कांग्रेसभित्र चर्किँदै गएको महाधिवेशनको विषय, वर्तमान राष्ट्रिय राजनीतिक अवस्था तथा अन्य समसामयिक राजनीतिक–संगठनात्मक विषयहरूमा गम्भीर छलफल हुने पार्टी स्रोतले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिको अपेक्षा गरिएको छ। आन्तरिक मतभेद, विशेष महाधिवेशनको बहस र नेतृत्व तहबीचको संवादका प्रयासहरूकै बीच बोलाइएको यस बैठकलाई कांग्रेसको आगामी दिशा र रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

प्रतिक्रिया