काठमाडौँमा भदौ २३ र २४ गतेका हिंसात्मक घटनाको जाँचबुझ गर्न गठन गरिएको उच्चस्तरीय आयोगको म्याद थप २० दिन थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। यसअघि आयोगलाई एक महिनाका लागि समय थप गरिएको थियो। आयोगले सो अवधिमा सबै उच्च अधिकृतहरूको बयान संकलन गरिसकेको छ। तथापि प्रतिवेदन लेखनको काम अझै सकिएको छैन, जसकारण आयोगले थप समयको माग राखेको थियो र सरकारले त्यसलाई स्वीकृत गरेको हो।
९ माघ २०८२, बिहिबार ०४:५५ मा प्रकाशित