एमाले अध्यक्षमा ओलीको फराकिलो जित, तेस्रो कार्यकाल सुनिश्चित

nepaltext.com

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणामअनुसार ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेल ५६४ मतमै सीमित भए। दुई उम्मेदवारबीच १०९९ मतको अन्तर देखिएको छ, जसले ओलीको स्पष्ट र निर्णायक जितलाई पुष्टि गरेको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै एमालेको आगामी राजनीतिक दिशा ओलीकै नेतृत्वमा अघि बढ्ने निश्चित भएको छ।

प्रतिक्रिया