हेटौंडामा जेन जी आन्दोलनसँग जोडिएका युवकमाथि खुकुरी प्रहार

nepaltext.com

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मकवानपुरगढी गाउँपालिका–५ निवासी करिब ३४–३५ वर्षका प्रेम घिमिरेमाथि आक्रमण भएको हो। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेकाले विवाद चर्किएको बताइन्छ। तर घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।

प्रहरीले दोषी पहिचान र पक्राउका लागि खोजी तीव्र पारेको छ।

प्रतिक्रिया