बदलिँदो राजनीतिक परिस्थितिबारे राय लिन शेखरले बोलाए आफ्ना नेताहरूको भेला

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनले वैधता पाएपछि पार्टीभित्र उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिबारे गम्भीर छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् । आज दिउँसो १ बजे काठमाडौंको अनुपम फुडल्याण्डमा बस्ने उक्त बैठकमा हालको शक्ति सन्तुलन, पार्टीको भावी रणनीति र विशेष महाधिवेशनपछिको दिशाबारे व्यापक विमर्श हुने जनाइएको छ । सबै नेताहरूको धारणा र सुझाव सुनेर आगामी कदम तय गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो । शेखर कोइराला निकट एक नेताका अनुसार, ‘सबैसँग राय लिएर साझा निष्कर्षमा पुग्न’ यो बैठक बोलाइएको हो ।

प्रतिक्रिया